सिक्किममा पनि ‘जल दिवाली’ अभियान शुरू

n5545718181699372537512366262c5ddc5faed67bf3d15a38872a06b094c1f9b2cb1f8fde10df62eecab15.jpg

गान्तोक: सिक्किममा पनि ‘जल दिवाली’ अभियान शुरू भएको छ। यहॉंको सेलेप टङ्कीमा आज आयोजित जल दिवाली अभियानको शुभारम्भ कार्यक्रममा गान्तोक नगरनिगमकी उपमेयर छिरिङ पाल्देन भोटिया मुख्य अतिथि थिइन्।

‘जल दिवाली’ अभियानको अगुवाई भारत सरकारको आवास र शहरी मामिला मन्त्रालयले गरिरहेको छ। यस अभियानको थीम ‘पानीका लागि महिला, महिलाका लागि पानी अभियान” रहेको छ, जसले महिला सशक्तिकरण पहलको एक पहलको रूपमा महिलाहरूलाई जल शासनमा समावेश गर्न मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।

यस अभियान मार्फत महिलाहरूलाई आ-आफ्नो शहरमा रहेको वाटर ट्रीटमेन्ट प्लान्टहरूमा गएर पानी प्रशोधन प्रक्रियाको बारेमा जानकारी दिइनेछ। यसबाहेक, नागरिकहरूलाई स्वच्छ पानी उपलब्ध गराउने पानीको गुणस्तर परीक्षण प्रोटोकलहरूको बारेमा महिलाहरूलाई जानकारी गराइने छ। साथै, यस अभियानले महिलाहरूमा पानी पूर्वाधारमाथि स्वामित्व र आफ्नोपनको भावना जगाउने लक्ष्य राखेको छ।

जोरथाङ र गेजिङमा उक्त कार्यक्रम क्रमशः ८ र ९ नोभेम्बरका दिन सम्पन्न गरिने बताइएको छ।

उपमेयर भोटियाले आफ्नो संक्षिप्त सम्बोधनमा सेल्फ हेल्प ग्रुपका सबै सदस्यहरूलाई स्वागत गर्दै कार्यक्रम आयोजना गरेकोमा विभागका अधिकारीहरूलाई धन्यवाद दिए। ‘पानीका लागि महिला, महिलाका लागि पानी अभियान’ भन्ने नारालाई उद्धृत गर्दै उनले समाजका सबै क्षेत्रमा महिला अग्रपंक्तिमा रहेकाले यस वर्षको जल दीपावलीको नारा उपयुक्त भएको बताइन्। उपमेयरले खानेपानी प्रशोधन प्रक्रिया अवलोकन गर्ने अवसर पाएका स्वयं सहायता समूहका सदस्यहरूलाई समुदायका सबैलाई पानी बचत गर्न सचेत गराउन निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement