डा. दामोदर पाण्डेको ‘तिम्रो याद’ सार्वजनिक

timra-yad

टीआरआई समाचार  

काठमाडौं: गायक डा. दामोदर पाण्डेको स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ। गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन्। भिडियोको निर्देशन भने निर्देशक सान थापाले गरेका हुन्। बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा मोडल बिकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन्। भिडियोलाई न्याय दिन लामिछाने र ढकालले भरपुर मेहेनत गरेका छन। यी दुईको जोडी भिडियोमा उत्तिकै जमेको छ। गायक पाण्डे अमेरिकामा बस्छन। नेपालमै जन्म लिई हुर्की डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन। अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन। फलत, उनले ‘तिम्रो याद’ बजारमा ल्याएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement