कोलकाताः कलकत्ता हाईकोर्टका लोक अभियोजक (पीपी) लाई बदली गरिएको छ। राज्य सचिवालय नवान्नको तर्फबाट मंगलवार यसको अधिसूचना जारी गरिएको छ। शास्वतगोपाल मुखर्जीको स्थानमा देवाशीष रोयलाई उच्च न्यायालयको पब्लिक प्रोसिक्यूटर नियुक्त गरिएको छ। सूत्रहरू अनुसार, राज्य सरकारलाई हालमा एकपछि अर्को मामिलाहरूमा पराजयको सामना गर्न पऱ्यो। यसैले गर्दा लोक अभियोजकलाई बदली गरिएको छ।
सूत्रहरू अनुसार, मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार मुख्य सचिव हरिकृष्ण द्विवेदी र एडीजी सीआईडी राजशेखरनको साथ बैठक गरिन्। बैठकमा राज्य प्रशासनका अन्य अधिकारी उपस्थित थिए। सूत्रहरू अनुसार, कानून मन्त्री मलय घटकलाई पनि मुख्यमन्त्रीले बोलाएकी थिइन्। यस बैठकको २४ घण्टाभित्र राज्य सरकारले पीपी बदली गर्ने अधिसूचना जारी गऱ्यो।
-हिस