कोचबिहारः तूफानगञ्ज महकुमा अस्पताल परिसरमा मंगलवार दिउँसो अग्नि सुरक्षा जागरूकता शिविरको आयोजन गरियो। तूफानगञ्ज दमकल केन्द्रका कर्मचारीहरूले स्वास्थ्य कर्मीहरू बाहेक आम जनलाई तूफानगञ्ज महकुमा अस्पताल परिसरमा आगो लाग्दा के-कस्तो उपाय गर्नुपर्छ, यसमाथि जागरूक गरियो।
दमकल विभागका कर्मचारीहरूले स्वास्थ्य कर्मीहरू र आम जनलाई आगो आगो लाग्दा कार्बन डाइअक्साइड ग्यास निभाउने यन्त्रको उपयोग गर्नु पनि सिकाए। आज तूफानगञ्ज दमकल केन्द्रको लीडिङ फायर अपरेटर तापस कुमार सरकार र विष्णु सरकार, फायर इन्जिन अपरेटर सह चालक भक्ति रन्जन दास, तूफानगञ्ज जिल्ला अस्पताल सहायक सुपर किशोर बर्मन र अन्य उपस्थित थिए।