कोलकाताः सुप्रसिद्ध समाजसेवी एवं वरिष्ठ आयकर सल्लाहकार शार्दुल सिंह जैन (भूतोड़िया) को सोमवार कोलकातामा निधन भयो। उनको आयु ८९ वर्ष थियो। लाडूनू निवासी स्वर्गीय आसकरणजी भूतोड़ियाका सुपुत्र शार्दुलसिंह जैन कोलकाताको सामाजिक र औद्योगिक क्षेत्रमा एक कुशल सञ्चालक एवं सक्रिय व्यक्तित्वको रूपमा चिनिनेगर्थे। उनले आफ्नो कुशल कार्य शैलीले धेरै औद्योगिक घरानाहरूको साथ धेरै सामाजिक संस्थाहरूलाई शिखरसम्म पुऱ्याए। उनले आफू पछाड़ी छोरी प्रभा जैन, छोरा एवं बुहारी राजेश र रीना, नाति सिद्धान्त, नातिनी ज्वाई शिखा-देवांश अग्रवाल, दौहित्र परीक्षित छोड़ेर गएका छन्।
राजस्थान परिषदका पूर्व अध्य़क्ष शार्दुल सिंह जैन श्री सच्चियाय माता मन्दिर (गुरूसदय रोड) लाडनू नागरिक परिषद, अभिनव भारती स्कूल, ओसवाल नवयुवक समितिको ट्रस्टी हुनका साथै सरदार वल्लभ भाई पटेल मेमोरियल समिति, बीबीडीबाग सेवी समिति जस्ता अन्य सामाजिक संस्थाहरूसित पूरा सक्रियताको साथ जोड़िएका थिए। कोलकाता दक्षिण पश्चिमभागको संघ सञ्चालकको रूपमा पनि उनले आफ्नो दायित्व निभाएका थिए। राजस्थान परिषदका महामन्त्री अरूण प्रकाश मल्लावतले भऩे, शार्दुल सिंह जैनको निधनले हामीले आफ्नो एक सचेतक, मार्गदर्शक र कुशल नेतृत्वकर्ता गुमाएका छौं। उनको निधनमा कोलकाता स्थित विभिन्न सामाजिक संस्थाहरूका पदाधिकारीले गहिरो शोक व्यक्त गरेका छन्।
-हिस