खरसाङ: पश्चिम बंगालको स्वास्थ्य विभागको सचिव आईएएस कौशिक भट्टचार्यद्वारा आज खरसाङ महकुमा अस्पकालको अचानक निरीक्षण भ्रमण गरेका छन्। उनी खरसाङ महकुमा अस्पतालको विभिन्न समस्याहरू साथै यहाँको परिसेवा अनि जनताले अस्पतालको असल सेवा पाएको छ कि छैन भन्ने विषयमा निरीक्षण गर्न अचानक आइपुगेका थिए। यसावधि उनले खरसाङ महकुमा अस्पतालको विभिन्न विभागहरू र शौचालयहरू पनि निरीक्षण गरेका छन्। उनले अस्पतालमा कार्यरत् कर्मचारीहरू र उपचाराधीन अवस्थामा रहेका रोगीहरूसित पनि बातचीत गरी अस्पतालको विभिन्न समस्याहरू बुझेका थिए। राज्य विभागको सचिव आईएएस कौशिक भट्टचार्यले कसैलाई जानकारी नदिई अचानक खरसाङ महकुमा अस्पताल निरीक्षणमा आएको बताइएको छ। उक्त निरीक्षपछि खरसाङ महकुमा अस्पतालको पक्षमा सुपरिडेन्टेन्ट डा रुमी मण्डल लगायत अन्यद्वारा स्वागत गर्दै अस्पतालको विभिन्न समस्याहरू विषयमा जानकारी गराइएको बताइएको छ। उनी यहाँबाट दार्जिलिङ जाने योजना रहेको जानकारी पाइएको छ।

उक्त आकस्मिक भ्रमणपछि पत्रकारहरूसितको छोटो कुराकानीमा राज्यको स्वास्थ्य विभागको सचिव कौशिक भट्टचार्यले आज आफु खरसाङ महकुमा अस्तालको विभिन्न समस्याहरू निरीक्षण गर्न आएको बताउँदै अस्पतालको परिसेवा कस्तो छ, मानिसहरूले अस्पतालको असल सेवा पाएको छ कि छैन, अस्पतालको शौचालयहरू सफा छ कि छैन भन्ने विषयमा निरीक्षण गर्न आएको बताएका छन्। उनले अरू बेसी केही नबोली खरसाङ महकुमा अस्पतालको अचानक निरीक्षण गरेर गएको बताइएको छ।