भारत स्काउट्स एण्ड गाइड्सको ७४औँ स्थापना दिवससितै तीन दिवसीय शिविरको उद्घाटन

c488457a-2cd4-436b-b76b-e22f21066a96

राजाभातखावाः भारत स्काउट्स एण्ड गाइड्सको ७४औँ स्थापना दिवसको पालनसितै मंगलबार डुवर्सको राजाभातखावास्थित हाइस्कूल प्राङ्गणमा भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको आयोजनामा तीन दिवसीय इनभाइरोमेन्टल शिविरको उद्घाटन भयो। उक्त अवसरमा बक्सा ब्याघ्र प्रकल्प राजाभातखावा रेञ्जको प्रशिक्षणरत एफआरओ योजना थापा लगायत भारत स्काउट्स एण्ड गाइड्सको अलिपुरद्वार डीसी वसन्तकुमार छेत्री, डीओसी अनूप छेत्री, राजाभातखावा ग्राम पञ्चायतका प्रधान सोनम जाङमो डुक्पा, उपप्रधान पार्थ प्रतिम दत्ता, समाजसेवी मनोज अग्रवाल, भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको चेयरम्यान डा. कमल कुजूर, राजाभातखावा हाइस्कूलका शिक्षक सौरेश घोष,जितेन रोय र स्काउट्स मास्टर प्रदिप कुन्डु, गुलनाज खातुन एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रथम सत्रहमा भारत स्काउट्स एण्ड गाइड्सको पताका उत्तोलनसितै दीप प्रज्वलन उपस्थित अतिथिहरूको बाहुलीबाट सम्पन्न गरिएको थियो।
भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको प्रभारी घनस्याम उराँव र चेयरम्यान डा. कमल कुजूरले मूलतः भारत स्काउट्स एण्ड गाइड्सको ७४औँ स्थापना दिवसको उपलक्ष्यमा नै ग्लोबल वार्मिङमाथि प्रकृति पाठ र अनुशासनात्मक जीवनशैलीको प्रशिक्षण गराउन तीन दिवसीय शिविर राखिएको जसमा विभिन्न स्कूलहरूबाट प्रायः ८० जना स्काउट्स एण्ड गाइड्सको सहभागिता रहेको जनाएका छन्। आगामी ९ नोभेम्बरको दिन शिविरको समापन क्याम्प फायर पश्चात गरिने जानकारी पनि भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको प्रभारी घनस्याम उराँव र चेयरम्यान डा. कमल कुजूरले गराएका छन्। यसै अवसरमा मंगलबार अतिथिहरूको बाहुलीबाट स्कूल परिसरमा वृक्षारोपण पनि सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement