दार्जीलिङ: दार्जीलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनको संयुक्त प्रयासमा भोली बुद्वबार देखि पहाडको यूपीएससी परिक्षार्थीहरूलाई परिक्षाको तालिम दिने भएको छ यो जानकारी एडवार्डस फाउण्डेशनको अध्यक्ष अजय एडवार्डसले दिएको हो। दार्जीलिङ पार्वतीय क्षेत्रहरूबाट पनि आईएसएस,आईपीएस जस्ता अधिकारीहरू हुन पर्छ भन्ने सोच लिएर एडवार्डस फाउण्डेशन र दार्जीलिङ नगरपालिकाले पहल शुरू गरेको थियो,जसको निम्ति पहाडको विभिन्न क्षेत्रहरूबाट ३ हजार जति विधार्थीहरूले दार्जीलिङ नगरपालिका एंव एडवार्डस फाउण्डेशन समक्ष आवेदन पत्र चढाएका थिए।ती सवै विधार्थीहरूको परिक्षा लिने काम भएको थियो जसमा केवल १२ जना विधार्थीहरू छनौट भएका थिए।यी १२ जना यूपीएससी परिक्षाको परिक्षार्थीहरूलाई भोली बुद्वबारदेखि भारतको टप्पर आईएएस परिक्षाको तालिम दिने गुरूजनहरूले उनीहरूलाई तालिम दिने काम गर्नेछ भन्ने फाउण्डेशनको अध्यक्ष अजय एडवार्डसले बताए। यी १२ जना परिक्षार्थीहरू मध्ये १ जना जय गाउँको,३जना कालेबुङको अनि रहल दार्जीलिङ क्षेत्रको रहेको एडवाडर्सले बताए। बाहिरोका परिक्षार्थीहरूको निम्ति दार्जीलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनले बस्नु खानु सवै प्रकारको ब्यवस्था मिलाई दिएको एडवार्डसले बताए।एडवार्डस फाउण्डेशनको अध्यक्ष अजय एडवार्डसले अधि भने हामीले यी यूपीएससीको परिक्षार्थी हरूलाई बस्ने,खाने,साथै जे जति सवै छन ती सवै निशुल्क गरिएको हो भन्ने तिनले स्पष्ट शब्दमा बताए।यूपीएससीको परिक्षा जति दिनसम्म चल्नेछ त्यति दिनहरूसम्मको सवै खर्च आफुहरूले उठाउने छौ भन्ने अध्यक्ष एडवार्डसले बताए।परिक्षाको समयमा खाता किताब उर्फ लाब्रेरी समेतको ब्यवस्था आफुहरूले नै उठाउने छौ तिनले भने।एडवार्डसले अधि भने सिक्किम राज्य सिक्किमले हरेक साल दुई तीन जना आईएएस, आईपीएस जस्ता अधिकारीहरू बनाउँछ तर दार्जीलिङ पहाडले किन बनाउन सक्दैन भन्ने हाम्रो मनमा खोट परी रहेको थियो।त्यसैले एडवार्डस फाउण्डेशन र दार्जीलिङ नगरपालिकाले यो कदम उठाएको हो भन्ने अध्यक्ष एडवार्डसले भने।तिनले अधि भने हामी यी १२ जना परिक्षार्थीहरू मध्ये कमसेकम २ जना नै आईएएस एंव आईपीएस अधिकारी बनाउन सक्यौ भने हाम्रो सोच सार्थक हुनेछ अध्यक्ष एडवार्डसले भने।