अस्पताल नजिकै पटाका पढकाए कारबाही गरिने

Crackers

कोलकाता: काली पूजाको समयमा कसैले अस्पताल नजिकै पटाका पढकाए वा ठूलो आवाजमा माइक्रोफोन बजाए, उसलाई कडा कारबाही गरिनेछ। कोलकाताका पुलिस कमिश्नर विनीत गोयलले सोमबार अलिपुरको धनदान्य स्टेडियममा आयोजित काली पूजा समन्वय बैठकमा यस्तो बताए। सो अवसरमा पुलिस आयुक्तले काली पूजा आयोजकका समस्या सुने। बैठकमा पूजा आयोजकले यस वर्ष पनि दुर्गा पूजाको स्थानमा विद्युत महसुल छुट गर्न माग गरेका छन्। यसबारे पुलिस आयुक्तले आफुले सम्बन्धित विभागमा माग राख्ने बताए। साथै बैठकमा प्रहरी आयुक्तले काली पूजाको समयमा पटाकाको झिल्का तारमा परेमा आगलागी नहोस् भन्नका लागि विद्युत जडानका लागि आगो प्रतिरोधी तार प्रयोग गर्न पूजा आयोजकलाई आग्रह गरेका छन्। यसका साथै कुनै अप्रिय घटना नहोस् भनेर बिजुली जडान बिन्दुलाई राम्ररी सिल गर्न पनि उनले आग्रह गरे। उनले नियमअनुसार पूजा आयोजनासँगै विसर्जन पनि गर्नुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement