उत्तर दिनाजपुर:उत्तर दिनाजपुरमा जमिनको विवादमा झगडामा घाइते भएका एक व्यक्तिको सिलगढीमा उपचारको क्रममा मृत्यु भएको छ। घटनापछि आक्रोशित स्थानीयले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै शव सडकमै राखेर विरोध प्रदर्शन गरेका छन् । यो घटनाले क्षेत्रमा तनाव फैलिएको छ । स्मरण रहोस्, शनिबार जग्गा विवादमा झगडा हुँदा गोलपोखर पुलिस थाना इलाका किचकोटलाका निजाम र उनका भाइ घाइते भएका थिए । निजाम भनेर चिनिने व्यक्तिको सोमबार सिलगढीको एक निजी नर्सिंग होममा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसपछि शव राति गाउँ पुग्यो । दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि गाउँलेहरूले शव सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । खबर पाएलगत्तै ग्वालपोखर पुलिस थानाबाट ठूलो संख्यामा पुलिस घटनास्थल पुगेको थियो । अन्ततः स्थानीय नेतृत्व र पुलिस प्रशासनको आश्वासनपछि गाउँलेहरूले आन्दोलन फुकुवा गरेका थिए ।