खरसाङ बजारमा शुरु भयो तिहारको रमझम

c8c5d038-0468-4e6c-9a2e-921c5af013d0

खरसाङ: खरसाङ बजारका गल्लीहरूमा यस्ता रंगीचंगी फूलका मालाहरू बिक्री गर्ने पसलहरू राख्न शुरु भएपछि नेपाली जातिको महान् पर्व रमाइलो तिहार संघारमा आएको स्पष्ट हुन्छl तिहार आउन हप्ता दिनअघि यस्ता पसलहरू राख्ने प्रथा खरसाङ बजारमा वर्षौंदेखि चल्दै आएको छl भर्खरै शुरु भएको यस्ता पसलहरूमा अहिले उस्तो भीड देखिएको छैनl अब एक दुई दिनमा यी पसलहरूमा तिहारमा घर सजाउने सामग्रीहरू किनमेल गर्न आउनेहरूको घुइँचो लाग्ने गर्छl यस्ता पसलहरूमा तिहारमा माता लक्ष्मीको नक्सा, पूजा साथै घर सजाउने सामग्रीहरू पाइन्छl यी पसलहरूमा मुख्य रुपले भाईटीकामा चाहिने रंगीन टीका, ओखर, जजन्का, माला, दियो जलाउन माटाका पालाहरू बिक्री गरिन्छl तिहारका बेलामा खरसाङ बजारलाई रमाइलो बनाउने यिनै पसलहरू हुन्l     

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement