माल ४ बनबस्तिमा स्व. निर्भर समूहको तत्वावधानमा स्वस्थ शिविर जाँच समपन्न

IMG-20220719-WA0111.jpg

गोरुबथान: आज गोरुबथान खण्डको माल ४ बनबस्तीमा माल ४ र बुडीखोला बनबस्तीका स्व. निर्भरशिल समूह र माल ४ एफआरसी कमिटीले संयुक्त प्रयासमा स्वस्थ जाँच शिविर गरेको छ। यस शिविरमा गोरुबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. छिरिङ नामग्याल वाङदी,जीडीए कुशल प्रधान एएनएम अन्जना छेत्री आइ सीडीएस माल ४ पुनम बराइलीको उपस्थिति रहेको थियो।

माल ४ स्व. निर्भरशिल समूह युमा स्व निर्भर समूह, सरस्वती स्व. निर्भर समूह र लक्ष्मी स्व. निर्भर समूह यसैगरी बुडीखोला बाट गोदावरी स्व. निर्भर समूह, अमृत स्व निर्भर समूह र प्रगति स्व निर्भर समुहको सदस्यहरूको उपस्थितिमा यो शिविर सम्पन्न भयो।माल ४ एफ आरसी कमिटीबाट मनकुमार सुब्बा अध्यक्ष, अशोक राई, बल बहादुर विश्वकर्मा, बुद्धराज राई, राजेस लिम्बुको उपस्थिति रहेको थियो।

यस शिविरमा बुडीखोला, माल ४ तथा वरिपरिका क्षेत्रहरूबाट धेरै मानिसहरूले लाभ उठाए।मन कुमार सुब्बाले स्वस्थ विभाग गोरुबथान, स्व. निर्भर समूह साथै सबै सबैलाई धन्यावाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement