पोख्रेबुङ ग्राम पंचायत अन्तर्गत घोडावाल गाँउ हुँदै मिक्थुङ गाउँ जाने बाटोको मर्मती

IMG-20231107-WA0044.jpg

गोरुबथान: कस्तो बिडम्बना !! गाउँसम्म पुग्ने पक्की सडक छैन,भएको कच्ची सडक पनि गाडी गुडनै नसक्ने।चुनावको बेला नेता र नेताको दलबल आउदा बाटो बनिने आश्वासन यो गाउँले पनि नपाएको भने अवस्यै होइन तर यथार्थमा भने हात लागे शुन्य। यो कथा पहाडको धेरै गाउँहरुको कथा हो।यसै कथाभित्र पर्ने एउटा गाउँ पोख्रेबुङ ग्राम पन्चायत अन्तर्गत पर्ने घोडवाल गाउँदेखि मिक्थुङसम्म जाने गाउँको बाटो। सो गाउँसम्म जाने बाटो पक्का नभएको कारण त्यस क्षेत्रका ग्रामवासीले कच्चा बाटोको साहारामा यातायात गर्दै आइरहेका छन्। उनीहरुले धेरै असुविधाहरु भोगिरहेका छन्।गाउँबासीले धेरै महिना अघिदेखि बर्खायामले गर्दा ठप्प रहेको सो बाटोको मर्मतीको निम्ति श्रीमती करूणा छेत्रीलाई जेसीबीको मांग गरेका थिए।

आज ग्राम पन्चायत समिति सदस्या करुणा छेत्रीले जेसीबीको बन्दोबस्त गरेर पठाइदिएपछि गाउलेहरुको आकांक्षा केहीहदसम्म पूरा भएको छ। नहुनु भन्दा कानो मामा निको भने जस्तै यतिसम्म पनि भइदिएकोमा गाउँलेहरुको मुहारमा खुशी देखिएको छ। यस कार्यको निम्ति सम्पूर्ण गाउँबासीले श्रीमती करूणा छेत्रीप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement