!मुम्बई: सुपरस्टार धनुषको फिल्म ‘द ग्रे म्यान’ लगातार चर्चामा छ। मार्भल फिल्म ‘एभेन्जर्सः एन्डगेम’ को निर्देशन गर्ने रुसो ब्रदर्सले यो फिल्म निर्देशन गर्दैछन्। साउथका सुपरस्टार अभिनेता धनुषलाई लिएर बनेको यो नेटफ्लिक्सको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म भएको बताइएको छ। फिल्मको एउटा दृश्यमा ३१९ करोड रुपियाँ खर्च भएको छ। यो फिल्म निर्देशन गर्न नेटफ्लिक्सले रुसो ब्रदर्सलाई करिब १६०० करोड रुपियाँ दिएको बताइएको छ। निर्माताहरूले यस फिल्मलाई विश्वका केही उत्कृष्ट लोकेशनमा सुटिङ गरेका छन् र यसमा धेरै मेहनतसँगै धेरै पैसा पनि खर्चिएको छ। सुटिङको अनुभवको बारेमा रुसो ब्रदर्सले भने, ‘यसले लगभग हाम्रो ज्यान लियोl’
यो फिल्म ओटीटीमा ल्याइने छ, तर यो बाहेक अमेरिकाका केही थिएटरमा पनि रिलिज हुनेछ। समाचारका अनुसार यो जेम्स बोन्ड र मिशन इम्पोसिबलको अनुभूतिमा बनाइएको हो। यो एक जासूस फ्रेंचाइजी चलचित्र हो जसलाई निर्माताहरूले अगाडि बढाउन सक्छन्। यदि यो हिट भयो भने आगामी दिनमा ग्रे युनिभर्सका थप फिल्महरू दर्शकले हेर्न पाउने छन्। जहाँसम्म फिल्मको स्टार कास्टको कुरा छ, फिल्मका दृश्य र पोस्टर पहिले नै भाइरल भइरहेका छन्। फिल्ममा हलिउड स्टार रायन गोस्लिङ, क्रिस इभान्स, एना डे अमरेस र रेगे जोन पेज देखिने छन्। फिल्म रिभ्युको कुरा गर्ने हो भने अहिलेसम्म सबैले फिल्ममा धनुषको कामको तारिफ गरेका छन् तर फ्यानहरु यो फिल्म ओटीटीमा रिलिज हुने प्रतिक्षामा छन्।











