केवल २० मिनटमा कोहलीलाई पुरानो फर्ममा ल्याउने दावी गरे गावस्करले

IMG-20220719-WA0110.jpg

१९ जुलाईः भारतका महान ब्याटर सुनिल गावस्करको भनाइअनुसार, उनी केवल २० मिनट नेटमा बिताएर विराट कोहलीलाई फर्ममा ल्याउन सक्छन्। भारतका पूर्व कप्तान कोहलीले २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा शतक पनि बनाउन सकेका छैनन्। अहिले त उनको ब्याटबाट रन निस्किन नै बन्द भएको छ। एक समय मैदानमा ओर्लिएर रनको वर्षा गर्ने कोहलीलाई अहिले एक-एक रनको निम्ति संघर्ष गरिरहेको देखिन्छ। यसबीच आलोचकहरूले कोहलीलाई निशाना बनाउन शुरु गरेका छन्। साल १९८३-मा भारतलाई विश्व च्याम्पियन बनाउने महान अलराउण्डर कपिल देवले त रन बनाउन नसके कोहलीलाई टीमबाट नै बाहिर गर्ने माग गरेका छन्। यसबीच कप्तान रोहित शर्माले चाहिँ कोहलीलाई लगातर समर्थन गरेका छन्। इण्डियन प्रीमियर लीग २०२२-मा खराब प्रदर्शनपछि कोहलीले हालै समाप्त भएको ईंग्ल्याण्ड यात्रामा पनि सफलता हासिल गर्न सकेनन्। उनले एउटा टेस्ट, दुईवटा टी२० अन्तर्राष्ट्रिय र दुईवटा वनडे म्याचमा ब्याटिंग गर्दै ६ वटा ईनिंग्समा ११, २०, १, ११, १६ र १७ रनको स्कोर गरे।
यसबीच गावस्करले एउटा इण्टरभ्यू-मा उनलाई कोहलीको निम्ति केही इनपूट प्राप्त भएको अनि त्यसले आधुनिक क्रिकेटका रन मशीनलाई एकपल्ट फेरि लयमा फर्किनमा सहायता गर्ने बताए। उनले भने, मैले उनीसँग लगभग २० मिनट समय बिताउन सके भने म उनलाई फर्ममा फर्किनमा सहायता गर्ने सक्छु। अफ् स्टम्प बाहिर गइरहेको बलमा आउट हुने उनको कमजोरीलाई म सम्पूर्ण रूपले खतम गर्न सक्छु। गावस्करले भने, एकजना ओपनरको रूपमा त्यस लाइनले समस्यामा पर्ने केही कारणहरू हुन्छ। कोहलीसँग २० मिनट समय बिताउन सके म उनलाई त्यस समस्याबाट बाहिर निस्किने उपाय बताउन सक्नेछु। फर्म सही नभएको समय हरेक ब्याटरले यस लाइनमा आउने बलमा रन बनाउन खोज्छन्। समस्या त्यहीँबाट शुरु हुन्छ। यसको साथमा कोहलीको खराब फर्मबारे उनले भने, हामीले अब केवल प्रतीक्षा गर्नु पर्नेछ। भारतको निम्ति उनको रेकर्ड हेर्नुहोस्। सत्तर वटा शतक छ उनको नाममा। उनले खेलको सबै प्रारूपमा हरेक परिस्थितिमा रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement