छोरा हुँ

c

मैले रुनु हुन्न

मैले हार्नु हुन्न

आधीबेरी आए पनि म ढल्नु हुन्न

म छोरा हुँ

मर्द मोरा हुँ।

मैले घर छोड्ने

अनि छानो जोड्ने

आशामा परिवार छ

मेरै औँला हिँड्ने पर्खाइमा

मायाको सिउँदो छ

भन्छ आगान तेरै हातमा

मेरो बर्खा र हिउँदो छ

आफ्नो चाहना मारेर हिँडेको मलाई

सबै सोच्छन् जिउँदो छ।

म हार्न हुन्न

म रुन हुन्न

म छोरा हुँ

मर्द मोरा हुँ।

रातले सोध्छ कति कमाइस्

दिनले खोज्छ कति जमाइस्

परम्परा भन्छ घोचो हो

उभि राख बारमा

मुटु दह्रो बना

रुनु हुन्न हारमा।

मैले हार्नु हुन्न

भरोसा मार्नु हुन्न

एउटा कुरो अर्कोमा सार्नु हुन्न

म छोरा हुँ

मर्द मोरा हुँ।       

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement