मन्कीपक्स लिएर देशमा केन्द्र सरकारले अप्नायो सतर्कता  

Monkeypox2-1

 

नयाँ दिल्ली: देशमा मन्कीपक्सको दोस्रो बिरामी पाइएपछि केन्द्र सरकार सतर्क बनेको छ। सरकारले अन्तर्राष्ट्रिय हवाई अड्डा र बन्दरगाहहरूमा प्रवेश स्थानहरूमा निगरानी बढ़ाउने निर्देश दिएको छ। यस सम्बन्धमा सोमबार अबेर साँझ केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले एयरपोर्ट र बन्दरगाहहरूमा निगरानी गतिविधिहरूको समीक्षा गरे। बैठकमा एयरपोर्ट र बन्दरगाहका स्वास्थ्य अधिकारीहरू र क्षेत्रीय कार्यालयका निदेशक सामेल थिए।

केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अधिकारीहरूले भने, ‘राज्यका एयरेपार्ट र बन्दरगाहहरूका स्वास्थ्य अधिकारीहरूलाई मन्कीपक्स रोगको जोखिम रोकथाम गर्न सबै अन्तरराष्ट्रिय यात्रीहरूको स्वास्थ्य जॉंच सुनिश्चित गर्न सल्लाह दिइएको छ। यसअघि केन्द्रीय स्वास्थ्य मन्त्रालयले मन्कीपक्सको प्रबन्धनको निम्ति विस्तृत दिशानिर्देश जारी गरेको थियो। केन्द्रले राज्यहरूलाई मन्कीपक्ससॅंग लड्न क्लीनिकल म्यानेजमेन्ट र ट्रीटमेन्ट गर्ने सल्लाह दिएको छ। यसका साथै संक्रमित बिरामीहरूलाई समयमा एकान्तवास पठाउने र उपचार सुनिश्चित गर्ने सुझाव पनि दिएको छ। उल्लेखनीय छ, सोमबार देशमा मन्कीपक्सको दोस्रो बिरामी पुष्टि भएको छ। ३१ वर्षीय एक व्यक्ति हालैमा दुबईबाट फर्किएका थिए। यसअघि एक ३५ वर्षीय व्यक्तिमा पनि मन्कीपक्स पुष्टि भएको थियो। दुवै बिरामीको स्वास्थ्य स्थिति स्थिर रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement