दुई सालको अनुबन्धमा बेंगलुरु एफसी-मा सामेल भए रोय कृष्णा

IMG-20220719-WA0107.jpg

१९ जुलाईः इण्डियन सुपर लीग (आईएसएल)-को टीम बेंगलुरु एफसीले सोमवार फिजीका अन्तर्राष्ट्रिय फूटबल खेलाड़ी रोय कृष्णासँग दुई सालको अनुबन्धमा हस्ताक्षर गरिएको घोषणा गऱ्यो। यस अनुबन्धले टीमको अग्रिम पंक्ति अझ दह्रिलो हुनेछ। फिजीको राष्ट्रिय टीमको अगुवाई गर्ने ३४ वर्षीय कृष्णाले आफ्नो देशबाट सर्वाधिक गोल (४५ वटा म्याचमा ३१ गोल) गरेका छन्। उनले यसअघि आईएसएलमा एटीके कलकत्ता र एटीके मोहन बगानबाट खेलिसकेका छन्। उनले एटीके कलकत्ताबाट २१ वटा म्याचमा १५ अनि एटीके मोहन बगानबाट ३९ वटा म्याचमा २१ गोल गरेका थिए। यस अनुबन्धको औपचारिकतालाई पूरा गरेपछि कृष्णाले भने, यस बातचीतको शुरुवाती चरणमा हुँदा टीमका प्रशिक्षक (साइमन ग्रेसन)-ले वास्तवमा टीममा मेरो महत्त्वपूर्ण भूमिका हुने आश्वस्त गरे। कृष्णा यस सत्रमा टीममा सामेल हुने छैटौं खेलाड़ी हुन्। यसअघि क्लबले जावी हर्नाण्डेज, प्रबीर दास, फैसल अली, अमृत गोप र हीरा मण्डलसँग पनि अनुबन्ध गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement