अन्तर्राष्ट्रिय क्रिकेटबाट एकै दिन सन्न्यासको घोषणा गरे रामदीन र सिमन्सले

IMG-20220719-WA0106.jpg

१९ जुलाईः टीम इण्डियाको यात्रा अघि वेष्ट इण्डिजबाट ठूलो खबर आयो। सोमवार राति वेष्ट इण्डिजका दुईजना खेलाड़ीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे। यसमा आक्रामक ब्याटर लेण्डर सिमन्स र विकेटकीपर दिनेश रामदीन सामेल छन्। यी दुईजना भारत विरुद्ध सीरीजको निम्ति घोषित वेष्ट इण्डिज टीमका हिस्सा चाहिँ थिएनन् तर दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाएका छन्। यी दुईले एकैदिन सन्न्यासको घोषणा गरे। वेष्ट इण्डिजका स्टार ब्याटर लेण्डल सिमन्सले टी२० अन्तर्राष्ट्रिय म्याचको एउटा ईनिंग्समा सर्वाधिक छक्का लगाउने रेकर्ड बनाएका थिए। उनले आयरल्याण्ड विरुद्ध साल २०२०-मा खेलिएको म्याचमा ९१ रनको ईनिंग्सको अवधि दशवटा छक्का लगाएका थिए, जुन रेकर्ड पछिबाट तोड़ियो। त्रिनबागो नाइट राइडर्सले एउटा सोशल मीडिया पोस्टमा सिमन्सको सन्न्यासको घोषणा गऱ्यो। उनले पाकिस्तान विरुद्ध वनडे म्याचको साथ अन्तर्राष्ट्रिय पदार्पण (डेब्यू) गरेका थिए। उनले वेष्ट इण्डिजको निम्ति तीनैवटा प्रारूपमा १४४ वटा म्याचमा जम्मा ३७६३ रनको साथ आफ्नो करियर समाप्त गरे। ३७ वर्षीय सिमन्सले पाँचवटा टेस्ट, ६८ वटा वनडे र त्यति नै टी२० अन्तर्राष्ट्रिय म्याच खेले। सिमन्सले विशेषगरी वनडे क्रिकेटमा आफ्नो छाप छोड़े। वनडेमा उनको नाममा दुईवटा शतक र १६ वटा अर्द्धशतक रहेको छ। सिमन्सले घरेलु टी२० प्रतियोगिता चाहिँ खेल्न जारी राख्ने संकेत दिएका छन्। यस देब्रे हातका ब्याटरले मुम्बई इण्डियन्सको साथ दुईपल्ट आईपीएल खिताब पनि जिते।
यसरी नै रामदीनले आफ्नो इन्स्टाग्राम पोस्टमा भनेका छन्, म धेरै खुशीको साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट आफ्नो सन्न्यासको घोषणा गर्न चाहन्छु। गत १४ साल मेरो निम्ति सपना साकार हुनु बराबर थियो। मैले त्रिनिदाद एण्ड टोबेगो अनि वेष्ट इण्डिजबाट क्रिकेट खेलेर आफ्नो वाल्यकालको सपना पूरा गरे। मेरो करियरले मलाई विश्वभरि घुम्ने, विभिन्न संस्कृतिहरूसँग मित्रता गर्ने अनि आफ्नो पहिचानमाथि गर्व गर्ने अवसर प्रदान गऱ्यो। रामदीनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ७४ वटा टेस्ट, १३९ वटा वनडे र ७१ वटा टी२० म्याच खेले। यस अवधि उनले टेस्टमा चार अनि वनडेमा दुईवटा शतक पनि बनाए। रामदीनले २०१५-मा जेसन होल्डरको आगमनपछि तीनैवटा प्रारूपमा टीमको कप्तानी पनि गरेका थिए। भारत विरुद्ध २०१९-मा हैदराबादमा खेलिएको टी२० रामदीनको अन्तर्राष्ट्रिय करियरको अन्तिम म्याच थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement