विश्वकप क्रिकेट २०२३: रोहितले तोडे रिकी पोन्टिङको रेकर्ड

Rohit-Sharma

कोलकाता: दक्षिण अफ्रिकाविरुद्धको खेलमा रोहित शर्मा २४ बलमा ४० रन बनाएर आउट भए। रोहितले आफ्नो इनिङ्समा ६ चौका र २ छक्का प्रहार गरे। रबाडाले रोहितको विकेट लिए। रोहितले ४० रन मात्र बनाउन सके पनि आफ्नो नाममा विशेष कीर्तिमान बनाउन सफल भए। रोहित शर्मा एकदिवसीय विश्वकपको इतिहासमा सर्वाधिक चौका प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। रोहितको नाममा अहिलेसम्म विश्वकपमा जम्मा १५० चौका छन्। यसबाहेक विश्वकपको इतिहासमा सबैभन्दा बढी चौका प्रहार गर्ने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ। तेन्दुलकरले आफ्नो विश्वकप करियरमा २४१ चौका प्रहार गरेका छन्।

१४९ चौका पूरा गर्दै रोहितले कुमार संगाकर, रिकी पोन्टिङ र डेभिड वार्नरलाई पछि पारेका छन्। विश्वकपमा श्रीलंकाका कुमार संगकाराले १४७ चौका र रिकी पोन्टिङले १४५ चौका प्रहार गरेका थिए। यसबाहेक वार्नरले एकदिवसीय विश्वकपमा अहिलेसम्म कुल १४३ चौका प्रहार गरेका छन्। सचिन तेन्दुलकर-२४१ चौका, रोहित शर्मा–१५० चौका, संगकारा-१४७ चौका,

रिकी पोन्टिङ-१४५ चौका, डेभिड वार्नर-१४३ चौकाl खेलमा रोहितलाई कागिसो रबाडाले आउट गरेर प्याभिलियन पठाए। रबाडाले अन्तर्राष्ट्रिय क्रिकेटमा १२औं पटक रोहितलाई आउट गर्न सफल भएका छन्। रबाडा अब रोहितलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै पटक आउट गर्ने बलर बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्मालाई सबैभन्दा बढी आउट गर्ने बलर हुन्: १२- रबाडा*, ११- टी साउथी, १०- म्याथ्यूज, ९- नाथन लियोन, ८- ट्रेन्ट बोल्टl

दक्षिण अफ्रिका (प्लेइङ इलेवन): क्विन्टन डी कक (विकेटकीपर), टेम्बा बाभुमा (कप्तान), रसी भान डेर डुसेन, एडेन मार्कराम, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जेन्सेन, केशव महाराज, तबरेज शम्सी, कागिसो रबाडा, लुंगी एनगिडी।

भारत (प्लेइङ इलेवन): रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मदl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement