गेजिङ: सिता खड्का माताले दोस्रोपल्ट सिक्किमको पवित्र पोखरी खेसेबिरी मठमा थपस्य पूरा गरेकी छन्। मानव जीवन सफल बनाउन सकिन्छ भन्ने उदेश्यले माताले आफ्नो तप पूरा गरेकी छन्। गत महिनादेखि माताले पवित्र पोखरीमा तपस्थली बनाएर दोस्रोपल्ट तीन महिनाको तप शुरु गरेकी हुन्। दक्षिण सिक्किमको हिङ्दाममा एक दैवीक चमत्कार देखा परेपछि लामातेन तिङ्मो हिङ्दामको सिता छेत्रीलाई माता स्वरुप दैविक शक्ति प्राप्त भएपछि १४ महिना १४ दिन, १४ घण्टा अनि १४ मिनटको तपस्या पुरा गरेकी थिइन्। नेपालको मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरको छेवैमा एउटा कुटी बनाएर दैविक ज्ञान् आर्जन गर्दै तपस्या पुरा गरेकि हुन। माताले यो दोस्रो पल्टको तपस्या खेसेबिरी गुम्बा डाँडामा तीन महिना पन्ध्र दिनको तप पूरा गरेर अन्तिम दिन पोखरी अखण्ड हवन गरि व्रत पुरा गरेकी थिइन्। आजबाट उनले अन्न ग्रहण गरिन्। यस पवित्र धाममा आयु प्राप्तिको कामना गर्दै तप पूरा गरेकी हुन्। आज मातालाई खेसेबिरी मठबाट आफ्नो बास स्थान ल्याइयो।

यस कार्यक्रममा राज्यका विधान सभा अध्यक्ष अरुण उप्रेती, विधायक टीटी भोटिया, सूचना विभागका सल्लाहकार बिरेन्द्र ताम्लिङ पशुपालन बिभागका अध्यक्ष, दुर्गा प्रशाद प्रधान, एसटीसीएस अध्यक्ष विष्णु प्रसाद शर्मा, लोपजाङ भोटिया स्थानीय जिल्ला पन्चायत साथै भक्तहरुको उपस्तिथि रहेको थियो।