बहाई स्कूलले आयोजन गऱ्यो विद्यार्थीहरूको निम्ति म्याराथन दौड़

n5539198741699201384049feb03a94f8bd9f327c39d837fac7f66bc3132e04550e950d83ab141ce3d7424e.jpg

गान्तोक: बहाई स्कूल तादोङद्वारा एकताको निम्ति दौड़ विषयमाथि अन्तर विद्यालय म्याराथन दौड़को आयोजना गऱ्यो। म्याराथन दौड़ देवराली नजिक गञ्जु लामा द्वारबाट शुरु भएर लिभीङ हेलिपेड, आर्मी सीएसडी क्यान्टीन हुँदै अन्तमा बहाई स्कूल खेल मैदानमा पुगेर समाप्त भएको थियो।

आठौंखि बाह्रौं श्रेणीसम्मका जम्मा १२० जना विध्यार्थीले दौड़मा पूर्ण जोश र उत्साहका साथ अशंग्रहण गरे। यस म्याराथन दौड़मा उत्साहवर्धक कुरा के थियो भने गान्तोक मिलिटेरी स्टेसनका कर्णेल ए, अनमोल गील, मिलिटेरी पुलिस अनि सिक्किम स्काउट्सका जवानहरुले भरमग्दुर सहयोग गरे।

उनीहरूले सिग्नल्स वाहन, मिलिटेरी एमबुलेन्स, साथै धावकहरूका निम्ति बाटो बाटोमा पानी अनि मिठाई उपलब्ध गराइदिएका थिए। यसैगरी, शहरी प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टर याङचेन लेप्चाले आफ्ना स्वास्थ्यकर्मीको दल अनि एमबुलेन्ससित उपस्थिति दिएर सहयोग गरेकी थिइन्।

कार्यक्रमको अन्तमा प्राचार्या रुपा देवी शर्माले सम्पूर्ण प्रतिभागीलाई बधाई दिँदै यस म्याराथन दौड़लाई सफल बनाउनमा सहयोग पुऱ्याउने सम्पूर्ण शिक्षक अनि अन्य कर्माचारीगण, गान्तोक मिलिटेरी स्टेसनका कर्णेल अनमोल गील अनि उनका सहयोगी दल, गान्तोक शहरी स्वास्थ्य केन्द्रका डा. याङचेन लेप्चा अनि उनका सहकर्मीलाई पनि आभार व्यक्त गरेको प्रेस बयानमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement