गान्तोक: तमिलनाडुको कोम्बाटोरमा आगामी ७ देखि १० नोभेम्बरसम्म आयोजन हुने ३८औं जुनियर नेशनल एथलेटिक्स मीटमा सिक्किम एथलेटिक्स एसोसिएशनले आफ्ना १२ जना एथलेट्सहरूलाई पठाउने भएको छ। यी एथलेट्सहरूले त्यहाँ सिक्किम राज्यको प्रतिनिधित्व गर्दै विविध वर्गमा सहभागिता जनाउने भएका छन्। सिक्किमबाट प्रतिनिधित्व गरिरहेको एथलेट्स टोलीलाई प्रशिक्षक आर.बी. सुब्बाले अगुवाई गरिरहेका छन्।
38औं जुनियर नेशनल एथलेटिक्स मीटमा २० वर्षभन्दा कम उमेर वर्गमा सुकमान सुब्बा अनि मनोज कामीले राज्यको प्रतिनिधित्व गर्नेछन् भने १८ वर्षभन्दा कम उमेर वर्गमा सबिना राई, आयुष तामाङ, आञ्चल राई, सपना खनाल, कुङ्गा निमा काजीले सहभागिता जनाउने भएका छन्। यसरी नै १६ वर्षभन्दा कम उमेर वर्गमा उज्ज्वल राई, अवन्दिका तामाङ अनि सुमीर खड़्काले सिक्किम राज्यको प्रतिनिधित्व गर्नेछन् भने १४ वर्षभन्दा कम उमेर वर्गमा खुशी प्रधान र डिकिला छेत्रीले सहभागिता जनाउने छन्।