आँगनमा प्रशासन अन्तर्गत ८० जनाको आधार कार्ड बनाइयो

IMG-20231105-WA0217.jpg

साेरेङ: आँगनमा प्रशासन कार्यक्रम अन्तर्गत आज सोरेङ जिल्लाको अप्पर टिम्बुरबङ ग्राम पञ्चायतको सरकारी माध्यमिक विद्यालयको प्रेक्षागृहमा वरिष्ठ नागरिकहरूको निम्ति आधार कार्ड खिँच्ने कार्य आयोजना गरियो। यस अवसरमा विशेष गरेर वरिष्ठ नागरिक, गर्ववति महिलाहरूलाई प्राथमिकता दिँदै आधार कार्डको निम्ति फोटो खिच्याइयो। एक दिवसीय कार्यक्रममा कूल ८० जनाको आधार कार्डको निम्ति फोटो खिच्ने कार्य सम्पन्न भएको जानकारी गराइएको छ। यस शिविर आयोजना गर्नको निम्ति डेस्मीका सह निर्देशक एनटी तामाङ, आधार कार्ड अपरेटर अर्पण थापा लगायत अन्यहरूले सहयोग पुऱ्याएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement