कोलकाताः महान स्वतन्त्रता सेनानी देशबन्धु चितरन्जन दासलाई उनको १५३औं जयन्तीमा श्रद्धाञ्जली अर्पित गरियो। आइतवार कोलकाता स्थित चितरन्जन सेवा सदनमा देशबन्धुको प्रतिमामा माल्यार्पण गरी देशको निम्ति उनको त्याग र बलिदानलाई याद गरियो। श्रद्धाञ्जली दिनेहरूमा पश्चिम बंगालका पूर्व चीफ आर्किटेक्ट तथा देशबन्धु चितरन्जन दासका वशंज प्रसाद रन्जनदास, राज्यका प्रशासनिक अधिकारी अनवर अली खान र अन्य गणमान्य व्यक्तिहरू सामेल थिए।
-हिस