सिलगढी: आगामी २१ जुलाईको दिन कोलकतामा आयोजित हुने सभामा उपस्थित हुनको साथै जीटीए रिभ्यू मीटिङमा अंशग्रहण गर्न आज जीटीए प्रमुख कार्यपाल अनित थापा कोलकता प्रस्थान गरे। तिनी आज बाघडुग्रा हवाई अड्डाबाट विमानमार्फत कोलकता गए। बाघडुग्रा विमानअड्डा परिसरमा पत्रकारहरूसित कुराकानी गर्दै अनित थापाले आज आफु जीटीए रिभ्यू मीटिङको लागि कोलकता गइरहेको बताए। यसको साथै आगामी २१ जुलाईको दिन कोलकतामा आयोजना हुने सभामा आफुलाई पनि निमन्त्रणा गरेकोले उक्त सभामा पनि अंश ग्रहण गर्ने तिनले बताए।