सरोजिनी सागर देवानको कथा संग्रह विषम वियोग लोकार्पित

IMG-20231105-WA0177.jpg

सरोजिनी सागर देवानको प्रस्तुतिकरण र टुंग्याउने परिपाटी मिठो छ: सुरज धड्कन

खरसाङ: खरसाङकी नारी स्रष्टा सरोजिनी सागर देवानको पहिलो कृति कथा संग्रहको रूपमा लोकार्पण गरिएको छ। सालबारीको समाज सेवा भवनमा वरिष्ठ नारी स्रष्टा विन्ध्या सुब्बाको अध्यक्षता र वरिष्ठ कथाकार राजेन मोक्तानको प्रमुख आतिथ्यमा एक सम्पन्न एक कार्यक्रमबीच सरोजिनी सागर देवानद्वारा लिखित कथा संग्रह विषम वियोग लोकार्पण गरिएको छ। उक्त कथा संग्रह ‘विषम वियोग’ कार्यक्रमको अध्यक्षा बिन्ध्या सुब्बा, प्रमुख अतिथि राजेन मोक्तान, विशिष्ट अतिथिहरू क्रमैले हस्त नेचाली, उर्मिला घिसिङ, ज्ञानेन्द्र खतिवड़ा, मातृका गजमेर, मोहन ठकुरी, कालुसिहं रणपहेंली, ग्याल्पो लामा, तेजमान बराईली, राजु प्रधान हिमांशु, रश्मी राई, बीबी सुब्बा, लेखिका सरोजिनी देवान र उनको पति सागर देवान आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। मदन देवान स्मृति मञ्च तीनधारेद्वारा अायोजित उक्त लोकार्पण कार्यक्रममा स्वागत सम्भाषण मिना सुब्बाले राखिन् भने कार्यक्रमको सञ्चालन देविका मंग्राती राईले गरेकी थिइन्। सभाध्यक्षा र प्रमुख अतिथिको बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्व मदन देवान र स्व स्मृति देवान भूषालको नाममा मौन धारण गरिएको थियो। कार्यक्रममा नारी स्रष्टा सरोजिनी सागर देवानको परिचय मिना लामा राईले राखेकी थिइन्। कार्यक्रममा स्रष्टा सरोजिनी सागर देवानले आफ्नो सम्बोधनमा लोकार्पण कार्यक्रममा उपस्थित साथै आफ्नो कृति प्रकाशनमा विभिन्न पक्षबाट सहयोग गर्नेहरूप्रति आभार प्रकट गरिन्। कार्यक्रममा लोकार्पित कथा संकलन ‘विषम वियोग’ माथि कथाकार सुरज धड्कनले समीक्षात्मक टिप्पणी राख्दै सरोजिनी सागर देवानको कथाहरू पुरानै विषयहरूमा भए पनि प्रस्तुतिकरण र भाव नयाँ छ जसलाई मिठो तरिकाले प्रस्तुत गरेकी छन् भने टुंग्याउने परिपाटी पनि मिठो छ भनी बताए। धड्कनले भने, ‘संसारमा कुनै पनि कुरा स्थिर छैन भन्ने कुरालाई सरोजिनी देवानले आफ्ना कथाहरूमा हालेका छन्। उनको कथाहरूमा परिचय राजनीति साथै सबल र दुर्बलको वर्णन सुन्दर ढंगले कथाहरूमा वर्णन गरेका छन्। सामान्य लागेका कुराहरूलाई पनि उनले कलात्मक ढंगले भन्न सकेका छन् जुन उनको कथाको मूल विशेषता हो। उनको लेखनमा वरिष्ठ कथाकार बन्ने प्रबल सम्भावना रहेको छ।’
कार्यक्रममा सभाध्यक्षा, प्रमुख अतिथि, विशिष्ट अतिथहरू लगायत पुस्तकमाथि भूमिका, शुभकामना लेखिदिने र विभिन्न पक्षबाट सहयोग गर्नेहरूलाई स्मृति चिन्ह्र प्रदान गरेर सम्मानित गरियो। कार्यक्रममा प्रमुख अतिथि राजेन मोक्तानले आफ्नो सम्बोधनमा नारी संवेदनशीलताको विषयहरूमा कथाकर सरोजिनी देवानले कथा लेखेको बताउँदै आफुलाई विषम वियोग कथा संग्रहको ‘परिसीमा’ कथा अन्त्यन्तै मिठो लागेको बताए। उनले सरोजिनी देवानको रूपमा आजदेखि एकजना नयाँ कथाकारको जन्म भएको र उनी उम्दा कथाकार रहेको पनि बताए। उनले कथाहरूमा नारीको दृष्टिकोण राम्रो रहेको पनि बताए।
कार्यक्रममा सभाध्यक्षा वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले सम्बोधन राख्दै सरोजिनी देवानले ढिलो कृति प्रकाशित गरे तर उनी नयाँ सर्जक होइनन् बरू उनले पहिलादेखि नै लेख्दै आएको बताएकी छन्। सुब्बाले तीनधारेको समाजसेवी एंव नाट्य कलाकार मदन देवानको छोरीहरूमध्ये एकजना सर्जक हुनुपर्छ भन्ने चाहेका थिए जुन अहिले पूरा भएको छ नारी स्रष्टा सरोजिनी देवानको रूपमा भनी बताइन्।

कार्यक्रममा धन्यवाद ज्ञापन सुनिती देवानले राखेकी थिइन्। कार्यक्रममा दार्जिलिङ, खरसाङ, तीनधारे, सिटोङ, सुकना सिलगढी लगायत विभिन्न स्थानहरूबाट स्रष्टाहरू उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै नारी स्रष्टा सरोजिनी सागर देवानले विस्तृत रूपमा बताएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *