सिलगढी: रानीडांगा ग्राम पञ्चायत कार्यालयको अगाडि एउटा दुखद सडक दुर्घटनामा १७ वर्षीय युवक सत्यजीत बर्मनको मृत्यु भएको छ। घटना हिजो राति करिब १२ बजेको हो। स्थानीय स्रोतका अनुसार हिजो राति सो क्षेत्रमा कन्सर्ट चलिरहेको थियो, त्यसैबेला सत्यजित बर्मन र धेरै मानिसहरू उभिएर कन्सर्ट हेरिरहेका थिए, अचानक २ वटा मोटरसाइकल तीव्र गतिमा आएर सत्यजितलाई ठक्कर दिए। पछि उनलाई उत्तर बङ्गाल मेडिकल कलेज लगियो तर त्यहाँका डाक्टरले सत्यजित बर्मनलाई मृत घोषणा गरे।