जैन मुनि विद्यासागरबाट प्रधानमन्त्रीले लिए आशीर्वाद

WhatsApp-Image-2023-11-05-at-12.15.29-PM-1.jpeg

रायपुर: प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढ़को आस्थाको केन्द्र डोँगरगढ़ पुगेर माता बम्लेश्वरीको दर्शन गरेपछि चन्द्रगिरीमा जैन मुनि विद्यासागरबाट आशीर्वाद लिए।

प्रधानमन्त्री मोदीले आइतवार एक्स पोस्टको माध्यमबाट फोटो साझा गर्दै भने, आचार्य विद्यासागर महाराजबाट आशीर्वाद ग्रहण गरेर धन्य महसूस गरिरहेको छु।

प्रधानमन्त्री मोदी बिहान माता बम्लेश्वरीको दर्शन गर्न पुगे। उनीसित डा. रमन सिंह पनि उपस्थित थिए। कार्यक्रमलाई केन्द्र गरेर सम्पूर्ण मन्दिर क्षेत्रका पसल, व्यवसायिक प्रतिष्ठानहरूलाई बन्द राखिएको थियो। सुरक्षा कारणहरूले मन्दिर क्षेत्रमा अन्य मानिसहरू एवं मीडियाको प्रवेशमाथि रोक लगाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement