गाेलाघा: भोटानका राजा जिग्मी खेसर नामग्याल वाङचुकको सम्मानमा काजीरंगामा विभिन्न कार्यक्रम आयोजित गरियो। आज दिइएको जानकारी अनुसार, राजाले काजीरङ्गा राष्ट्रिय उद्यानका विभिन्न हिस्साहरूको भ्रमण गरे।
ज्ञात होस्, काजीरङ्गा राष्ट्रिय उद्यान यूनेस्कोको विश्व धरोहर स्थल हो, जहाँ एक सिङ्गे भारतीय गैंड़ाको विश्वको सबैभन्दा ठूलो जनसंख्या बस्दछ। राजा भारतको आधिकारिक तीन दिवसीय यात्रामा ३ नोभेम्बरमा गुवाहाटी पुगेका थिए। यात्राको पहिलो चरणमा असममा उनको सौहार्दपूर्ण स्वागत गरियो। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उनको सम्मानमा एक सांस्कतिक संन्ध्या र रात्रिभोजको आयोजन गरे।
यसअघि भारतको आधिकारिक यात्राको दोस्रो दिन राजाले असमका शिक्षा मन्त्री डा. रनोज पेगूको नेतृत्वमा गुवाहाटीमा असममा शिक्षण सस्थानहरूमा अध्ययनरत भोटानी छात्रहरूसित भेट गरे। त्यसपछि उनले काजीरङ्गा राष्ट्रिय उद्यानको भ्रमण गर्न गोलाघाट जिल्लाको यात्रा गरे।

असमका वित्त मन्त्री अजन्ता नेउगले जोरहाट हवाई अड्डामा उनको सौहार्दपूर्ण स्वागत गरे। त्यहाँबाट उनी काजीरङ्गा राष्ट्रिय उद्यान सड़क मार्ग मार्फत पुगे। काजीरङ्गाको कोहरा वनाञ्चलमा उनको सम्मानमा विभिन्न प्रकारका तयारीहरू पहिलेदेखि नै गरिएको थियो। काजीरङ्गामा उनले जीप तथा हात्ती सफारी गरे। उनको स्वागतमा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति गरियो। काजीरङ्गामा उनी रात्रि भोजमा सामेल भए। उनी काजीरङ्गाका वन्य प्राणीहरूलाई देखेर निक्कै रोमाञ्चित भए।