दार्जीलिङ: भारतीय जनता पार्टीलाई हामीले हाम्रो अभिभावक सम्झेको थियौ तर हामीमाथि आई पर्दा मौन दर्शक भएर बसी दिए यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। शहरको गोर्खा दुख निवारक सम्मेलन भवनमा दार्जीलिङ तराई डुवर्सका क्षेत्रिया राजनैतिक दलहरूको संयुक्त मंचले अलग राज्य गोर्खाल्याण्ड,को विषयमाथि नागरिक कन्भेन्सनको आयोजना गरेको थियो। आयोजित नागरिक कन्भेन्सनलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले भारतीय जनता पार्टी लाई हामीले हाम्रो अभिभावक सम्झेर विगत १५ बर्षदेखि संसदहरू दिन्दै आई रहेका छौ तर २०१७ को आन्दोलन मा बंगाल सरकारले हामीमाथि अन्याय र अत्यचार गर्दा केन्द्रको भाजपा सरकार मौन दर्शक भएर बसेको तिनले बताए। तिनले अधि भने जति बेला म गोरामूमोमा थिए त्यस समय पार्टीले लोकसभा चूनावमा भाजपालाई समर्थन गर्नु पर्छ भन्ने निर्णय लिन्दा आफुहरूमाथि बंगाल सरकारको धेरै दबावहरू आएको थियो,यहासम्म की पार्टी कार्यकर्ताहरू विरूद्व विभिन्न प्रकारको मामलाहरू दर्ता गरिएको थियो त्यसैक्रममा आफुमाथि पनि धेरै मामलाहरू दर्ता गरिएको थियो अध्यक्ष एडवाडर्सले भने। तिनले भने त्यस समय भाजपालाई समर्थन गर्न सजिलो थिएन तर भाजपाले हाम्रो दीर्धकालिन मांगलाई पूरा गरी दिन्छ भन्ने सोच लिएर हामीले समर्थन जनाएका थियौ।लोकसभा चूनावसंग संगै बंगाल विधानसभाको चूनावमा पनि हामीले पहाडको तीनवटा आसनहरूमा भाजपालाई समर्थन जनाएका थियौ जसमा हामीले दुईवटा आसनहरूबाट जीत पनि दिलायौ। भाजपालाई हामीले तन मन धन सवैले प्रकारले समर्थन गरेका थियौ दुखको कुरा भाजपाले आजसम्म हामी गोर्खाहरूको केही गरी दिएको छैन।हिसमेन ऐसोसिएशन को आन्दोलनमा मेरो बाजेले पनि अंश ग्रहण गरेको थियो अनि आज म गोर्खाल्याण्ड प्राप्तिको निम्ति संघर्षरत छु।सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनको क्रममा राज्यको तत्कालिन बाम फ्रण्ड सरकारले देश दोह्रको मुद्वा दर्ता गर्दा तत्कालिन प्रधानमंत्री राजीव गाधीले गोर्खाहरूको मांग राष्ट्र विरोध होइन,देशको संविधान अनुरूप रहेको बताएका थिए अनि गोर्खाल्याण्ड आन्दोलनको नेता सुवास धिसिङलाई केन्द्रीय बल सुरक्षाको निम्ति खटाएका थिए।तत्कालिन प्रधानमंत्री राजीव गाधी दुई चोटी पहाड पनि आएका थिए अध्यक्ष एडवाडर्सले बताए। केन्द्रको भाजपा सरकार एंव मोदी सरकार हामीमाथि आई पर्दा चटटान भएर खडा भई दिन्छ भन्ने हामीले जो सोच राखेका थियौ तर त्यसको विपरित निस्केको अध्यक्ष एडवाडर्सले बताए। १५ बर्षदेखि हामीले भाजपालाई समर्थन गर्दै आई रहेका छौ अनि १५ बर्ष भनेको खेलाइची समय होइन। २०१७ को आन्दोलनमा बंगाल सरकारले पुलिस प्रशासन लगाएर हाम्रो मान्छेहरूलाई खुलेआम गोली ठोकेर मार्दा पनि केन्द्रको भाजपा सरकार मौन दर्शक भएर बसेका थिए। अध्यक्ष एडवाडर्सले अधि भने हामीले काग्रेसको वकालती गरेको होइन तर १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा हामीमाथि आई पर्दा प्रधानमंत्री राजीव गाधी, केन्द्रीय गृहमंत्री दार्जीलिङ आएका थिए। गोर्खाहरूमाथि काग्रेसको सोच र भाजपाको सोच के कस्तो छ भन्ने स्पष्ट रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए।