अब तीनै सेनामा सबै ऱ्याङ्कका महिलाहरूलाई एक समान अवकाश

5_63bc0e25d5e4e.png

नयाँ दिल्ली: अब तीनै सेनामा सबै ऱ्याङ्कका महिलाहरूले मातृत्व एवं सन्तानको हेरचाहका लागि एक समान अवकाश पाउनेछन्। अवकाशका नियमहरूलाई विस्तार गर्नाले तथा एक समान रूपले लागू गर्नाले सशस्त्र बलहरूका सबै महिलाहरूलाई आफ्नो पेशागत र पारिवारिक जीवनमाझ राम्रो सन्तुलन राख्न सहयोग मिल्नेछ।

रक्षामन्त्री राजनाथ सिंहले सशस्त्र बलहरूमा महिला सैनिक, नाविक औ वायु योद्धाहरूको निम्ति उनीहरूका अधिकारी समकक्ष समान मातृत्व, बाल हेरचाह औ बाल ग्रहण गर्ने अवकाशका नियमहरूमा विस्तार ल्याउने प्रस्तावलाई मञ्जुरी दिएका छन्। यो नियम लागू भएपछि सेनाका सबै महिलाहरूलाई समान रूपले अवकाश प्राप्त हुनेछ चाहे त्यो अधिकारी होस् वा अन्य ऱ्याङ्कका महिला।

रक्षा मन्त्रालयको सो फसेला सशस्त्र बलहरूमा सबै महिलाहरूको समावेशी अंशदारीको दृष्टिकोण अनुरूप छ। अवकाश नियमहरूलाई विस्तार दिनाले सशस्त्र बलसित सम्बन्धित महिलाहरूलाई पारिवारिक एवं सामाजिक मुद्दाहरूको समाधान गर्नमा ठूलो सहयोग पुग्नेछ। यसबाट सेनामा महिलाहरूको कार्य स्थितिमा सुधार आउनका साथै उनीहरूलाई पेशागत र पारिवारिक जीवनका क्षेत्रहरूमा श्रेष्ठ ढङ्गले सन्तुलन कायम राख्नमा मद्दत मिल्नेछ।

रक्षामन्त्री राजनाथ सिंहके सदैव मान्यता रहिआएको छ, महिलाहरू हरेक क्षेत्रमा आफ्ना पुरूष समकक्ष समान हुनुपर्छ। यसैले तीनैस नाले महिलाहरूलाई सैनिक, नाविक र वायु योद्धाको रूपमा सामेल गराएर एक आदर्श परिवर्तनको शुरूआत गरेको छ। महिला अग्निवीरहरूको भर्तीले सशस्त्र बल देशको भूमि, समुद्र एवं हवाई सीमाहरूको रक्षार्थ महिला सैनिक, नाविक एवं वायु योद्धाहरूको बहादुरी, समर्पण र देशभक्तिबाट सशक्त हुनेछ।

दुनियाँको सबैभन्दा उच्च युद्ध क्षेत्र शियाचिनमा अपरेशनल रूपमा तैनाथ हुनदेखि लिएर युद्धपोतहरूमा तैनाथ हुनका साथै आकाशमा हावी हुनेसम्ममा भारतीय महिलाहरूले अब सशस्त्र बलहरूका लगभग हरेक क्षेत्रमा बाधाहरूलाई चिर्दै अघि बढ़िरहेका छन्। वर्ष २०१९- मा भारतीय सेनाको सैन्य पुलिस कोरमा सैनिकहरूको रूपमा महिलाहरूलाई भर्ती गराएर एउटा महत्वपूर्ण उपलब्धि पनि हासिल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement