तुङसुङका मतदाताहरूलाई अजय एडवर्डकाे धन्यवाद

photocollage_20227180435715.jpg

दार्जीलिङ: घूम जोरबङ्गलो समष्टि अन्तर्गत अप्पर तुङसुङका मतदाताहरूलाई धन्यवाद दिन अजय एडवर्ड आज अप्पर तुङसुङ पुगे। अध्यक्ष एडवर्डसँग हाम्रो पार्टीको घूम जोरबङ्गलो समष्टिका निर्वाचित सभासद प्रमोस्कर ब्लोन, पार्टी कार्यकर्ता र समर्थकहरू पनि उपस्थित थिए। हाम्रो पार्टी अध्यक्ष एडवार्ड, सभासद ब्लोन लगायत पार्टीको प्रतिनिधि टोलीलाई स्थानीय बासिन्दाहरूले खदा लगाएर स्वागत जनाए।

स्थानीय मानिसहरूलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अजय एडवर्डले जनताको बहुमूल्य भोटले घूम जोरबङ्गलो समष्टिबाट हाम्रो पार्टीको सभासद निर्वाचित भएको बताए। उनले सबै मतदाताहरूलाई धन्यवाद दिए। उनले जीटीए सभामा हाम्रो पार्टीको बोर्ड हुन सकेन, तर तपाईहरूले हामीमाथि जुन आस्था र भरोसा राखेर भोट दिनु भएको छ, त्यसलाई सित्थैमा जान दिने छैनौं भनी बताए।

उनले जीटीए सभामा हाम्रो पार्टीका आठजना निर्वाचित सभासद रहेको र जनहितमा गर्नु पर्ने कामहरू गर्ने बताए। यस अवधि स्थानीय मानिसहरूले पनि गाउँका विभिन्न समस्याहरूबारे एक ज्ञापन पत्र अध्यक्ष अजय एडवर्ड अनि निर्वाचित सभासद प्रमोस्कर ब्लोनलाई चढाए। लोवर तुङसुङका बासिन्दाहरूलाई पनि अध्यक्ष एडवार्ड्स र सभासदले आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement