इजरायल–हमास युद्धबीच फेरि चर्चामा नोस्ट्राडेमसको भविष्यवाणी

00-Nostradamus

जब जब विश्वमा कुनै प्रकोप, महामारी, युद्ध हुन्छ त्यति बेला ४५० वर्षअघिको  फ्रान्सेली दार्शनिक नोस्ट्राडेमसको भविष्यवाणी चर्चा हुने गर्दछl अहिले इजरायल र हमासबीच विगत केही दिनदेखि युद्ध चलिरहेको छ। यो युद्धका कारण हजारौं मानिसले ज्यान गुमाएका छन्। यसले गर्दा फेरि नोस्ट्राडेमसको भविष्यवाणीको चर्चा हुन थालेको छl आउँदो वर्ष २०२४ को बारेमा धेरै भविष्यवाणीहरू भइसकेका छन्। नोस्ट्राडेमस पनि यी व्यक्तिहरू मध्ये एक हुन्। सन् २०२४ आउन केही महिना मात्रै बाँकी छ। नोस्ट्राडेमसले सयौं वर्ष पहिले सन् २०२४ को भविष्यवाणी गरेका थिए। उनको भनाइ सत्य साबित भयो भने आउँदो वर्ष विश्वका लागि राम्रो हुने छैन।

नोस्ट्राडेमसले जर्मनीमा हिटलरको उदय र अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई गोली हानेका समेत गरेर १०० जनाका लागि भविष्यवाणी गरेका छन्। उनी कविताबाट भविष्यवाणी गर्थे। संसारभरका मानिसहरूले उनका कविताहरू डिकोड गर्छन् र उनका भविष्यवाणीहरू सबैसामु ल्याउँछन्। सन् २०२४ को लागि नोस्ट्राडेमसको भविष्यवाणीले चिन्ता बढाएको छ। उनको भविष्यवाणी अनुसार अमेरिकामा सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनले अस्थिरता ल्याउन सक्छ र यहाँ गृहयुद्ध जस्तो अवस्था आउन सक्छ। नोस्ट्राडेमसका अनुसार नयाँ वर्षमा अमेरिका र चीनबीच युद्ध हुनसक्छ। उनले आफ्नो कवितामा भनेका छन्, ‘रातो शत्रु डरले पहेंलो हुनेछ, महासागरमा डर हुनेछ।’ धेरैले रातो शत्रुलाई कम्युनिष्ट चीन मान्छन्। नोस्ट्राडेमसले आफ्नो पुस्तकमा लेख्दै चेतावनी दिएका छन् कि सन् २०२४ मा आणविक विस्फोट हुनेछ, जसले जलवायुमा गहिरो प्रभाव पार्नेछ। नोस्ट्राडेमसले सन् २०२४ मा धेरै जलवायु परिवर्तन हुने र पृथ्वी पहिलेभन्दा तातो हुने बताएका छन्। यो वर्ष तातो लहरको अवस्था अझै गम्भीर हुनसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement