ठमेल टुरिज्म डेभलोपमेन्ट काउन्सिलद्वारा मुख्यमन्त्री राहत कोषमा सहयोग प्रदान

IMG-20231104-WA0249.jpg

गान्तोक: गत ४ अक्टोबरमा आएको विनाशकारी बाड़ले प्रभावित सिक्किम राज्यको पुनरनिर्माण हेतु अहिले मुख्यमन्त्री राहत कोषमा विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग दिने क्रम जारी छ। विभिन्न संघ-सस्था, व्यक्ति विशोषले आ-फ्नो पक्षबाट मुख्यमन्त्री राहत कोषमा सहयोग पुऱ्याइरहेका छन्। यसै क्रममा आज नेपाल राज्यका ठमेल टुरिज्म डेभलोपमेन्ट काउन्सिलले पनि मुख्यमन्त्री राहत कोषमा सहयोग पुऱ्याएका छन्। आज ठमेल टुरिज्म डेभलोपमेन्ट काउन्सिलका सदस्यहरूले मुख्यमन्त्रीका सचिव डा. एसडी ढकाल अनि विधायक आदित्य गोलेलाई मुख्यमन्त्री कार्यलयमा भेट गरेर हस्तान्तरण गरे। यसको साथै तिनीहरूले खाद्यान अनि थोकहरू पनि सहयोग निम्ति ल्याएका छन्। ती सबै एसकेएम राइडर्स स्क्वार्डलाई हस्तान्तरण गरेको छ। ती राहत सामग्रीहरू उनीहरूले चुङथाङ पुऱ्याउने तय भएको छ। यस्तो विपदको समयमा सिक्किम राज्यको निम्ति सहयोगको हात अघि बढ़ाएकोमा विधायक गोलेले सिक्किम राज्यको तर्फबाट उनीहरूलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement