तीन दिवसीय राज्यस्तरीय वाल वैज्ञानिक प्रदर्शनीको समापन

IMG-20231104-WA0247.jpg

गान्तोक: स्टेट काउन्सिल अफ् एजुकेसनल रिसर्च एण्ड ट्रेनिङ र नेशनल काउन्सिल अफ् अफ् एजुकेसनल रिर्सच एण्ड ट्रेनिङ नयाँ दिल्लीद्वारा आयोजित तीन दिवसीय राज्यस्तरीय बाल वैज्ञानिक प्रदर्शनीको समापन भयो। टाशी नामग्याल उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित तीन दिवसीय समापन कार्यक्रमको यस वर्षको थिम ‘समाजका लागि विज्ञान र प्रविधि’ पाँचवटा उप-विषयहरू राखिएको थियो। स्वास्थ्य जीवन (वातावरणका लागि जीवन शैली), कृषि, सञ्चार र यातायात रहेको थियो।

उक्त प्रदर्शनीको उद्देश्य बालबालिकाहरूलाई उनीहरूको प्राकृतिक जिज्ञासा, रचनात्मकता र नवीनताको निम्ति मञ्च प्रदान गर्नु रहेको थियो।

कार्यक्रममा मुख्य अतिथिकोरूपमा अतिरिक्त मुख्य सचिव आर तेलाङ रहेका थिए।समापन कार्यक्रमको अवसरमा मुख्य अतिथि र अन्य विशिष्ट अतिथिहरूले स्टलहरूको भ्रमण गरे र विद्यार्थीहरूसँग अन्तरक्रिया गरे। अन्तरक्रियाको क्रममा मुख्य अतिथिले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै समयको आवश्यकतालाई ध्यानमा राखी आफ्नो सिर्जनशीलताको प्रयोग गरेर उदाहरणीय विकास गर्न प्रोत्साहित गरे।

यसै क्रममा एससीईआरटीका निर्देशक डा. रविन छेत्रीले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै उनले कार्यक्रमको पृष्ठभूमि र उद्देश्यका बारेमा प्रकाश पारे। बदलिँदो आवश्यकता र समयसँगै विद्यार्थीहरूले प्रस्तुत गरेका नवीन विचार र डिजाइनहरूको उनले खुलेर प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement