अबेर रातिसम्म पब खुल्ला राखेको आरोपमा दुईजना पक्राउ

Untitled-3-1024x576.jpg

सिलगढी: सरकारी निर्देशिकाको पर्वाह नगरी गत अबेर रातिसम्म मतिगढा थाना अन्तर्गत एउटा चर्चित शपिङ मलस्थित बियर रिपब्लिक पब खुल्ला थियो। यसको खबर पाउनसाथ एसओजीले मतिगढा थानाको साथमा उक्त पबमा अभियान चलाएर अबेर रातिसम्म पब खुल्ला राखेको आरोपमा म्यानेजर अशोक राई र कर्मचारी शंकर रायलाई पक्राउ गरेको छ। पक्रा परेका दुईजनालाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार सरकारी निर्देशिकाको अवहेलना गरेर गत अबेर रातिसम्म उक्त पब खुल्ला राखेको आरोपमा मालिकविरुद्ध कार्वाही गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement