सिलगढीमा अधिक मात्रामा प्रतिबन्धित कफ सिरप सहित २ जना पक्राउ

Untitled-4-1024x576.jpg

सिलगढी: अधिक मात्रामा प्रतिबन्धित कफ सिरप सहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा रञ्जीत महतो र कमल विश्वास सामेल छन्। तीमध्ये रञ्जीत प्रधान नगर र कमल बाघडुग्रा निवासी हुन्। प्राप्त जानकारी अनुसार आज रञ्जीत महतो दुईवटा ब्यागमा प्रतिबन्धित कफ सिरफ बोकेर डिलेभरी गर्नको लागि जङ्क्शन संलग्न रामकृष्ण वेदान्त आश्रम नजिक आएका थिए भने कमल विश्वास बाघडुग्राबाट उक्त प्रतिबन्धित कफ सिरफ लिन आएका थिए। एसओजी तथा प्रधान नगर पुलिसले गोप्य सूचनाको आधारमा उक्त इलाकामा अभियान चलाएर सन्देहको आधारमा दुवैलाई छानबीन गर्दा २ वटा ब्यागबाट ३०० वटा प्रतिबन्धित कफ सिरफ उद्धार गरेको बताइएको छ। उद्धार गरेको प्रतिबन्धित कफ सिरफको बजार मूल्य लगभग १ लाख रुपियाँ तोकेको छ। पुलिसले दुवैलाई पक्राउ गरेपछि भोलि आइतबार सिलगढी अदालतमा पेश गर्ने बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement