सिलगढी: एसओजी र मतिगढा थाना पुलिसले दीपावली तथा काली पुजा अघि जुवाको अड्डाहरूमा छापामार अभियान चलायो। गत राति एसओजी र मतिगढा थाना पुलिसले शिमुलतला इलाकामा संयुक्त अभियान चलाएर जुवाको अड्डाबाट ८ जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा दीपक बैन, विष्णु विश्वा, निखिल मण्डल, हुसेन अन्सरी, आकाश तामाङ, महानन्दा बरोई, सुशील बाला र दिलीप बाला सामेल छन्। पुलिसले जुवाको अड्डाबाट लगभग ४१ हजार ५०० रुपियाँ नगद राशि उद्धार गरेको छ। पक्रा परेका ८ जनालाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।