जिल्ला कोविड टास्क फोर्सको बैठक

IMG_20220718_231649.jpg

गान्तोक: गान्तोक जिल्लाको जिल्ला कोविड टास्क फोर्सको बैठक आज जिल्लापाल रगुल के. को अध्यक्षतामा जिल्लापाल कार्यालयमा बस्यो। यस बैठकमा पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चा, एडीसी, एएमएस स्वास्थ्य, अतिरिक्त निदेशक स्वास्थ्य, नगरनिगम आयुक्त, सिङताम सीएमओ आदि सहभागी थिए।

बैठक आयोजन गर्नुको उद्देश्य कोविड तयारीबारे चर्चा गर्नु रहेको बताइएको छ। जिल्लापाल रगुलले गत शुक्रवार राज्यका मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकबारे जानकारी गराए। क्वारन्टीनको अवधिमाथि चर्चा गर्दै बैठकमा सीएमओ सिङतामले सात दिन क्वारन्टीन बसेपछि पुन: जॉंच गर्नु पर्ने आवश्यकता नरहेको बताए।

जिल्लापालले आपदा प्रबन्धन विभागलाई गान्तोक जिल्ला अन्तर्गत कोविड केयर सेन्टर र क्वारन्टीन सेन्टरहरूका लागि ठाउॅं चिन्हित गर्न निर्देश दिए। उनले स्वास्थ्य विभागका अधिकारीहरूलाई जॉंच केन्द्रहरू बढ़ाउन रणनीति तयार गर्न पनि निर्देश दिए। यसै क्रममा अर्बन पीएचसीलाई मोबाइल टेस्टिङ फेसिलिटी स्थापित गर्न निर्देश दिइयो।

साथै यस बैठकमा कोविड उपयुक्त व्यवहार, कोविड चलान, कन्टनमेन गतिविधि, कोविड केयर सेन्टर, बूस्टर डोज आदि विषय पनि विस्तारपूर्वक चर्चा गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement