गान्तोक: एसडीएफ अध्यक्ष पवन चामलिङले नेपालमा हिजो राति गएको भुॅंइचालोको खबर सुनेर आफु स्तब्ध बनेको बताएका छन्। नेपालको जाजरकोट जिल्लामा गएको भुॅंइचालोले अहिलेसम्म १५४ जनाको मृत्यु भइसकेको र मृतकहरूको संख्या अझै बढेर जाने बताएका छन्।
उनले यस त्रासदीको चपेटमा परेर ज्यान गुमाउने मानिसहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले दिवंगतहरूको निम्ति प्रार्थना गर्दै घाइते बनेका मानिसहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
एसडीएफ अध्यक्षले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, भारतीय हिमालयन क्षेत्र (आईएचआर) भूकम्पीय क्षेत्र ४ र ५ मा पर्दछ, यस कारण यो क्षेत्र भूकम्पप्रति उच्च संवेदनशील छ। भूकम्पको यो प्राकृतिक घटनालाई हामीले हाम्रा विपद् योजनाहरूमा ध्यान दिनु पर्नेछ। उनले प्रभावितहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै सरकार जनतालाई छिट्टै राहत प्रदान गर्न सक्षम बन्ने छ भनी आशा व्यक्त गरेका छन्।