सुकना: जीटीएको खेलकूद अनि युवा मामिला विभागको आयोजनामा सुकनामा जीटीए क्षेत्रका विभिन्न स्कूलहरूका विद्यार्थीहरूलाई चयन गरेर जिल्ला स्तरीय टिम बनाइएको छ। जीटीएको युवा अनि खेलकूद मामिला विभागको एमओडी सभासद एंव तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको पहलमा सुकनामा रहेको सुकना हाई स्कूल र ईलाहापाल चौधरी हाई स्कूलको खेल मैदानमा जीटीएको जिल्ला स्तरीय फुटबल चिम चयन गरिएको छ।

उक्त जिल्ला स्तरीय फुटबल टिमको लागि जीटीए क्षेत्रका विद्यार्थीहरूलाई लिएर केटा केटीको गरेर एक एकवटा टिम चयन गरिएको छ। यस अन्तर्गत केटाहरूको २५ सदस्यीय टिम अनि केटीहरूको १६ जनाको टिम बनाइएको छ। उक्त दुईवटा जिल्ला स्तरीय टिममा चयन भएका नानीहरूले राज्य स्तरीय खेलमा सहभागिता जनाउने भएको छ। यस चयनको लागि जीटीए क्षेत्रका विभिन्न स्कूलहरूबाट नानीहरू आफ्ना शिक्षक शिक्षिकाहरूका साथमा आएका थिए। यस चयन कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्रीले आज सुकनाको दुईवटा खेल मैदानमा जीटीए क्षेत्रका नानीहरूलाई लिएर जिल्ला स्तरीय टिम बनाइएको छ अनि उक्त टिमले राज्य स्तरीय प्रतियोगितामा भाग लिनेछ भनी बताएका छन्।

उनले नानीहरूको खेलप्रति चासोलाई राख्नले कार्यलाई शिक्षक शिक्षिकाहरूका भूमिकालाई जीटीेेएले यथावत् राख्ने कार्य गरेको छ भनी बताए। उनले अब जीटीए क्षेत्रको स्कूलहरूमा अन्तर विद्यालय प्रतियोगिता र समष्टी स्तरीय प्रतियोगिता साथै महकुमा स्तरीय प्रतियोगिताहरू अनिवार्य रूपमा आयोजना गरिनु पर्ने भएको बताएका छन्। त्यसरी नै पश्चिम बंगाल खेलकूद काउन्सिल खरसाङ महकुमाको सचिव मित्र छेत्रीले यो जिल्ला स्तरीय चयन कार्यक्रममा सुकनासो दुईवटा स्कूलहरूले खेल मैदान दिएकोमा साथै जीटीएको खेलकूद विभाग र विभागीय सभासद नवराज छेत्रीप्रति आभार प्रकट गरेका छन्।