पाकिममा होटल अनि होम स्टे सञ्चालकहरूलाई लिएर सचेतन कार्यक्रम सम्पन्न

IMG-20220718-WA0170.jpg

पाकिम: देश स्वाधीन भएको ७५औं वर्षको अवसरमा देशव्यापी जारी आजादी का अमृत महोत्सव अन्तर्गत आज पाकिम जिल्लाको पाकिम सामुदायिक भवनमा होटल अनि होम स्टे सञ्चालकहरूलाई लिएर अप्रवासन, भिसा, विदेशीहरूको पञ्जीकरण अनि ट्र्याकिङ प्रणाली (आईभीएफआरटी) बारे सचेतन एवं संवेदीकरण कार्यक्रम सम्पन्न भयो।

राज्यको पर्यटन एवं नागरिक उड्ड्यन विभागद्वारा आयोजित कार्यक्रमको मुख्य उद्देश्य यी विषयहरूमा होटल अनि होम स्टे सञ्चालकहरूलाई जागरूक गराउन रहेको थियो। आईभीएफआरटी प्रणाली कार्यान्वयनद्वारा मिशनहरू, अप्रवासन जाँच चौकीहरू अनि विदेशी पञ्जीकरण कार्यालयहरूमा यात्रीहरूको पहिचानको प्रमाणीकरण, दस्तावेज स्क्यान अनि बायोमेट्रिक्सको उपयोगको माध्यमद्वारा गरिनेछ। यसैमार्फत प्रवेश अनि निकास बिन्दुहरूमाथि विदेशीहरूको विवरणबारे जानकारी लिइनेछ।

पर्यटन एवं नागरिक उड्डयन विभागका वरिष्ठ सीएचए विकास राईले उपरोक्त नियमको महत्वबारे संक्षिप्त रूपमा जानकारी गराए। अनलाइन प्रणालीमार्फत विदेशी पर्यटकहरूलाई प्रवेश अनि निकासी बिन्दुहरूबाट २४ घण्टाभित्रै ट्र्याक गर्न सकिने बताए। सबै होटल अनि होम स्टे सञ्चालकहरूलाई पर्यटन एवं नागरिक उड्डयन विभागले सहयोग पुऱ्याउने उनले आश्वस्त पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement