सोनादालाई अलग्गै खण्ड विकास (ब्लक) बनाउने मांग चाँढै पूरा हुनेछ: अनित थापा

IMG-20231104-WA0208.jpg

सोनादा: सोनादालाई अलग्गै खण्ड विकास (ब्लक) बनाउने मांग चाँढै पूरा हुनेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एंव भागोप्रमो अध्यक्ष अनित थापाले बताएका छन्। सोनादामा आयोजित सामेल कार्यक्रममा सम्बोधन गर्दै अनित थापाले उक्त घोषणा गरेका थिए। उनले भने, “म जे बोल्छु, पूरा गरेर नै छाड्छु। मैले कालेबुङको सभाबाट जनतालाई वचन दिएको थिए कि कमानवासीको सम्पूर्ण जमीनको अधिकार दिलाउने छु। भर्खरै सरकारले कमानवासीको जे जति जमीन छ त्यसको सर्वे गर्ने निर्देशसम्म दिईसकेको छ। यो नोटिफिकेसन निकाल्ने श्रेय मेरो मात्र होइन तर हामी सम्पूर्ण पहाडको जनता, संघ संस्था, ट्रेड युनियनको सामूहिक आवाजको परिणाम हो।’ उनले अघि भने, जमीनको मुद्दा, हाम्राे जातिको मुद्दा हो। जमीन अनि जातिको मुद्दालाई राजनीतिकरण गर्नु हुँदैन। केही दिनमा म सबै पार्टी अनि ट्रेडलाई बोलाएर जमीनको सर्वे विषय बातचीत गर्दैछु। हाम्रो समयमा सबै पार्टीको सामूहिक पहलले केही ठोस कार्य गर्यो भन्ने सन्देश जाओस्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement