सोनादा पचेङ समष्टिमा हाम्रो पार्टी अनि अन्यबाट ८० जना भागोप्रमोमा सामेल

IMG-20231104-WA0164.jpg

सोनादा: सोनादा पचेङ समष्टि अन्तर्गत हाम्रो पार्टी अनि अन्यबाट ८० जना भागोप्रमोमा सामेल भएका छन्। सामेल हुनेहरूमा लोवर सोनादा १ का पञ्चायत समिति सदस्य साथै हाम्रो पार्टी, खरसाङ ब्राञ्चका पूर्व अध्यक्ष सुमन तामाङ अनि लोवर सोनादा २ का पञ्चायत समिति सदस्य आशकुमार राई मुख्य रहेका छ्न्।
भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले सामेल हुने सबैलाई पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। यस अवसरमा अनित थापाले पार्टीमा सामेल हुनेहरूलाई स्वागत गर्दै भने, “जसले जनताको सेवा गर्छ, जनताले उसैलाई रुचाउँदै जान्छ। जनताले रुचाएको नेता बन्नुपर्छ। पार्टीकाे विचारमा पसेर काम गर्ने मात्र असल नेता बन्न सक्छ। बीजीपीएम पार्टीको सोच र समाजको सोच मिल्नु पुग्यो भने समाजमा परिवर्तन ल्याउनु सकिनेछ।”
सामेल हुनेहरूलाई स्वागत गर्दै अनोस थापाले भने, “हामी जनताको निम्ति खडा हुने पार्टीका कार्यकर्ताहरू हौं। यही जनताको पार्टीमा सबैलाई स्वागत गर्दछु।”
सामेल भएपछि पञ्चायत समिति सदस्य एंव हाम्रो पार्टीको पूर्व सचिव सुमन तामाङले भने, “हामी आज भागोप्रमोको घरभित्र पसेका छौं। अजय एडवर्ड्सको नेतृत्वमा पनि धेरै काम गर्ने मौका पाएँ। तर त्यो घरमा बस्नु नसक्ने स्थिति आयो। उहाँ कुशल अभिभावक बन्नु सक्नु भएन।”
यस अवसरमा सुमन तामाङलाई पार्टीको केन्द्रीय समिति सदस्य बनाइयो। सोनादामा एउटा ठूलो सामाज भवन निर्माण गर्ने अनित थापाले घोषणा पनि गरेका छन्।

सोनादा सामाज भवनमा आयोजित एक कार्यक्रममा उनीहरूलाई सभासद अनोश थापा अनि अन्य नेतृत्वहरुले झण्डा थमाएर पार्टीमा सामेल गराए। सामेल कार्यक्रममा पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement