उच्च माध्यमिक परीक्षामा यस पाली पनि मेटल डिटेक्टर प्रयोग गरिने

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः उच्च माध्यमिक परीक्षामा गत साल सरह यस पाली पनि नकेल कस्न मेटल डिटेक्टरको प्रयोग गरिनेछ। गत साल उच्च माध्यमिक शिक्षा परिषदले परीक्षामा तकनीकको मद्दतले नकेल कस्न आरएफडी (रेडियो फ्रीक्वेन्सी डिटेक्टर डिवाइस) को प्रयोग गरेको थियो। जसको लाभ पनि भयो। यस डिवाइसको मद्दतले पाँच मोबाइल फोन समाइयो। प्रायोगिक रूपमा यस तकनीकको सफल प्रयोगको कारण उच्च माध्यमिक शिक्षा परिषदले २०२४ मा उच्च माध्यमिक परीक्षामा यस उपकरणको फेरि प्रयोग गर्ने निर्णय लिएको छ। हाई स्कूलको अन्तिम परीक्षाहरू सरह आरएफडीका साथै ह्याण्ड हेल्ड मेटल डिटेक्टरहरूको पनि प्रयोग गरिनेछ।

उच्च माध्यमिक शिक्षा परिषद सूत्रहरू अनुसार, अधिकारीहरूले डिवाइस हातमा लिएऱ लगभग २०० पूर्व चिन्हित संवेदनशील केन्द्रहरूको औचक निरीक्षण गरे। कुनै उपकरण परीक्षा स्टेशनमा रहे आरएफडीले रेडियो सिग्नल दियो। परीक्षाका दिनहरूमा परिषदका अध्यक्षले स्वयं यस उपकरणको साथ धेरै परीक्षा केन्द्रहरूको भ्रमण गरे। यस पाली पनि रेडियो फ्रीक्वेन्सी डिटेक्टरको प्रयोग गरिनेछ। मूल रूपमा धेरै संवेदनशील केन्द्रहरूमा उपयोग गरिनेछ। हायर सेकेन्डरी परीक्षा १६ फरवरीदेखि शुरू भएर २९ फरवरीसम्म चल्नेछ। हायर सेकेन्डरी परीक्षाको समयमा पनि परिवर्तन गरिएको छ। परीक्षा दिउँसो १२ बजीदेखि शुरू हुनेछ र दिउँसो ३.१५ बजी समाप्त हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement