मानसिक तनावसित जुझिरहेको व्यक्तिद्वारा आत्महत्या गरियो

IMG-20230528-WA0320-5-300x172-1

सिलगढ़ीः मानसिक तनावसित जुझिरहेको एक व्यक्तिले फन्दामा झुण्डेर ज्यान दिएको छ। घटना शऩिवार भक्तिनगर थाना अन्तर्गत डाबग्राम एक नम्बर ग्राम पञ्चायतको शिमुलबाड़ी क्षेत्रबाट अघि आएको छ। मृतकको नाम राजकुमार बर्मन बताइएको छ।

जानकारी अऩुसार, लगभग १० वर्ष पहिले मालबजार निवासी कल्पना रायसित राजकुमारको बिहे भएको थियो। बिहे भएको केही महिनादेखि नै राजकुमार र उसकी पत्नीबीच विवाद शुरू भएको थियो। जसपछि उसकी पत्नी कल्पना लगभग तीन महिनाअघि आफ्नो माइता गइन्। पत्नी गएपछि राजकुमार मानसिक रूपमा तनावग्रस्त रहन थाल्यो।

यसपछि आज उसको कमरामा उसको शव फण्दामा झुण्डेको पाइयो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको भक्तिनगर थाना पुलिसले शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिसले मृतकदेखि एउटा सुसाइड नोट पनि पाएको छ। पुलिस पूरा घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement