ओवरहेड तार चुड़िएपछि सियालदह दक्षिण शाखामा ट्रेनहरूको आवाजाही बाधित

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः ओवरहेड तार चुड़िएको कारण शऩिवार सियालदह दक्षिण शाखामा ट्रेनहरूको आवाजाही बाधित भयो। प्राप्त जानकारी अनुसार, शनिवार बिहान बालीगंज स्टेशनमा ओवरहेड तार चूड़ियो। जसबाट आधा घण्टाभऩ्दा अधिक समयसम्म ट्रेनहरूको परिचालन बाधित रह्यो। केबल तारलाई ठीक पार्नका लागि बाकी लाइनहरूका तारहरूलाई पनि निष्क्रिय गरियो। फलस्वरूप सबै ट्रेनहरू रोकिए।

बिहान ८.५० बजीसम्म बजबज, सोनारपुर, केनिङ समेत सियालदह साउथ ब्राञ्चमा ट्रेनहरूको परिचालन पूर्ण रूपमा बन्द भयो। काम पूरा भएपछि बिहान ९:३० बजी गाड़ीहरू पुनः प्रस्थान भए। यस घटनाले दैनिक यात्रीहरूलाई भारी समस्याको सामना गर्नपऱ्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement