नाम्ची: नाम्चीको आलेस्थित देछेन छोलिङ गुम्पामा आज चार दिनव्यापी पूजाको समापन पूजा सम्पन्न भयो। सो पूजा ल्हाबाब दुछेनको अवसर पारेर गरिएको थियो। यस पूजालाई सफल बनाउन गान्तोक देउराली गुम्पाका रिम्पोछेको उपस्थिति रहेको थियो।
पूजामा निमा दोर्जे लामा, गुम्पा समितिका अध्यक्ष नर्बु तामाङ, सम्पूर्ण पदाधिकारीगण, विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन आदिले पनि सहभागिता जनाएका थिए।