नाम्ची: नाम्चीको पार्किङ प्लाजास्थित योग ध्यान केन्द्रमा आज नाम्ची पतञ्जलि योग समितिले आफ्नो १५औं स्थापना दिवस सामान्य रूपमा पालन गऱ्यो। यस कार्यक्रमको अध्यक्षता समितिका प्रमुख सल्लाहकार एवं वरिष्ठ नागरिक देवीमाया प्रधानले गरेकी थिइन्। कार्यक्रममा योग गुरु दिलिप तामाङले समितिको गतिविधीहरूमाथि प्रकाश पार्दै योगाशानहरू अभ्यास गराएका थिए। कार्यक्रमको स्वागत र धन्यवाद ज्ञापन समितिका महासचिव डा. सविता सापकोटाले राखेकी थिइन्।